दफा ४५७
बिक्री गरेको घर हकसफा गरी लिन सक्ने

(१) एउटै घरको भिन्नभिन्न हिस्साको भिन्न भिन्न धनी भएको अवस्थामा त्यस्तो घरको कुनै हिस्साको धनीले आफ्नो हिस्साजति कसैलाई बिक्री गरी दिएकोमा अर्को हिस्साको धनीले त्यस्तो हिस्सा हकसफा गरी लिन चाहेमा त्यस्तो धनीलेखरिदकर्ताले तिरेको रकम र लिखत पारित गर्दाका बखत भुक्तानी गरेको दस्तुर निजलाई बुझाई त्यस्तो घर हकसफा गरी लिनसक्नेछ ।
(२) उपदफा (१) बमोजिम हकसफा गरी लिँदा देहायको व्यक्तिले देहाय बमोजिम प्राथमिकता पाउनेछ :–
(क) अर्को हिस्साको धनी हकवाला भएमा त्यस्तो हकवालाले र एकभन्दा बढी हकवाला भएमा सबभन्दा नजिकको हकवालाले,
(ख) अर्को हिस्साको धनी हकवाला बाहेकको अन्य व्यक्ति भएमा सन्धिसर्पन पर्ने वा त्यस्तो हिस्सासँग जोडिएकोहिस्साको धनीले ।